‘सातौं राष्ट्रिय खेलकुद समयमै हुन्छ’

7th game1
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले आसन्न सातौं राष्ट्रिय खेलकुद समयमै हुने बताएका छन् ।    सातौं राष्ट्रिय खेलकुदकालागि गठित मूल आयोजक समितिको बबरमहलमा बिहीबार भएको बैठकलाई सम्बोधन गर्ने क्रममा समितिका सदस्य–सचिव समेत रहेका विष्टले सो कुरा बताएका हुन् । सातौं राष्ट्रिय ११ देखि १८मंसिरसम्म पूर्वाञ्चलमा हुने तय भएको छ ।
‘बन्द, हड्तालले गर्दा समयमा सातौं हुन्छ कि हुँदैन भन्नेविषयमा अन्योलता उत्पन्न भएको होला । विगतका आन्दोलनको रुप हेर्दा, ठूलाचाँड÷पर्वका बेला आन्दोलन भएको रहनेछ । हामीले जिल्ला, क्षेत्रीय र राष्ट्रिय खेलकुदको समय पनि त्यसै अवसरमा पारेकाछौं ।खेलकुद सबैको साझा र रुचीको विषय भएकोले त्यो बीचमा कसैले अवरोद्ध गर्दैनन् भन्ने हाम्रो विश्वास पनि छ ।’ सदस्य–सचिव विष्टले भने ।
बैठकमा उपस्थित मुलआयोजक समितिका सदस्यहरु एवं पूर्वाञ्चल क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदहरुले खेलकुद क्षेत्र राष्ट्रिय प्रतिष्ठाको विषयसंग जोडिएकाले सातौंलाई सफलबनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता सहित सुझाव दिएका थिए ।

Comment