काठमाडौं छनोट

सातौं राष्ट्रिय खेलकुद– २०७२ का लागि काठमाडौं जिल्ला खेलकुद विकास समितिले जिल्ला छनोट प्रतियोगिता २४ असोजदेखि आयोजना गर्ने भएको छ । विभिन्न २१ खेल समावेश छनोट प्रतियोगिता २७ असोजसम्म चल्ने समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।
प्रतियोगितालाई सफलता पूवर्क सम्पन्न गर्न हिसान, प्याब्सन, एनप्याब्सन, खेलप्रेमी लगायतलाई समावेश गरी समितिका अध्यक्ष ध्रुवराज न्यौपानेको संयोजकत्वमा समिति गठन गरिएको प्रमुख बस्नेतले जानकारी गराए । त्यस्तै समितिका नवनियुक्त उपाध्यक्षदामोदर भट्टराई (बद्री)लगायतलाई शपथग्रहण गराइएको पनि जानकारी दिइयो ।

Comment