श्रेष्ठबाट पदभार ग्रहण

jeevanram1
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ सहित नव नीर्वाचीत पदाधीकारी तथा सदस्यले शुक्रबार पदभार ग्रहण गरेका छन् । श्रेष्ठको पदाबधी १ अक्टोबर देखि नै लागु हुने गरी चार बर्षको हुने छ । उनलाईृ निर्वतमान अध्यक्ष ध्रुब बहादुर प्रधानले पदभार हस्तान्तरण गरे ।
ओलम्पिक कमिटी सातदोबाटोमा भएको कार्यक्रममा बर्तमान तथा पूर्व पदाबधीकारीको पनि उपस्थिती थियो । ओलम्पिक सोही कार्यक्रममा १२ बैशाखमा गएको भुकम्पमा मानबीय तथा भौतीक क्षती हुनेलाई राहत स्वरुप जनही ४० हजार रुपैया प्रदान गरियो । यसरी राहत पाउनेमा खेलाडी, प्रशिक्षक तथा सञ्चारकर्मी रहे ।
कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले नेपालमा ओलम्पिक अभियानमा विगतमा विवाद रहे पनि अब विवादको दिन सकिएर विकासको युग सुरु भएको बताए । उनले खेल क्षेत्रमा रहेका सबैलाई समेटेर विकासकोखेल विकासको लागि सक्रिय रहने प्रतिबद्धता ब्यक्त गरे ।
निर्वतमान अध्यक्ष ध्रुब बहाुदर प्रधानले राणा कमिटीसंग भएको सहमती कार्यन्वयन हुने  बताए । सहमती अनुसार राणा समुहलाई एक उपाध्यक्ष सहित चार सदस्य दिइने छ । यसैगरी , दक्षिण एसियाली ओलम्पिक कमिटको नेतृत्व नेपालले गर्ने र त्यसको नेतृत्व राणाले गर्ने जनाइएको छ ।
श्रेष्ठ कार्यकालमा ओलम्पिक कमिटी र सरकारविच विवादको पूर्ण कालीन अन्त्य हुने अपेक्षा गरिएको छ ।

Comment