काष्ठमण्डप र कसमस सेमिफाइनलमा

काष्ठमण्डप र कसमस नवौं एलए कप छात्र फुटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । एनइसी ‘ए’ र रिलायन्स पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।     काष्ठमण्डपले एनइसी ‘बी’लाई ३–१ गोलले पराजित ग¥यो । विजयीटिमका लागि समिरजंग कार्कीले २ तथा सचिन खड्काले १ गोल गरे । एनइसीका सुमित पोखरेलले सान्त्वना गोल गरे । कसमसले एनसीएमलाई एकपक्षीय ५–० गोलले हरायो । कसमसका सुन्दर सुनुवारले २ गोल गरे भने थप १–१ गोल पभाष थापा, युवराज रसाइली र प्रनिश डंगोलको नाममा रह्यो ।
एनइसी ‘ए’ ले लिटिलएन्जल्स ‘ए’लाई ४–० को फराकिलो गोल अन्तरले पाखा लगायो । विजेताका किशन अधिकारीले २ तथा निकेश खड्का र निरज गैरेले १–१ गोल गरे । रिलायन्सले ग्रिनविचको चुनौती २–० ले पन्छायो । रिलायन्सका निङमा शेर्पा र मुस्कान लामाले १–१ गोल गरे । सेमिफाइनलमा एनइसी ‘ए’को भेट रिलायन्ससंग हुनेछ भने काष्ठमण्डपले कसमस विरुद्ध खेल्नेछ ।

Comment