ब्रिटिस र इस्लिङटन उपधि नजिक

l basketball
द ब्रिटिस कलेज र इस्लिङटन कलेज ‘हिरो’ दोश्रो एलए छात्र बास्केटबल कपमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । ब्रिटिसले एसलाई ५१–४८ ले पराजित ग¥यो ।  पहिलो र दोश्रो क्वाटरमा ७–१२ र १०–१७ ले पछि पर्नका बावजुद ब्रिटिसले फाइनल यात्रा तय ग¥यो । तेश्रो क्वाटरको खेलमा फर्केको ब्रिटिसले १८–५ अंक जोड्दै दोश्रो क्वाटरको समाप्तिसम्म १२ अंकले पछि परेको स्थितिलाई उल्ट्याउदै समाग्रमा १ अंकको अग्रता हासिल ग¥यो । अन्तिम तथा चौथो क्वाटरमा १६–१४ को अग्रता बनाउदै ब्रिटिस समग्रमा ३ अंकले विजयी भयो ।
अर्को सेमिफाइनलमा इस्लिङटनले साइटलाई ५५–४३ ले हरायो । इस्लिङटनले चौथो क्वाटरमा २५–४ को उत्कृष्ट प्रदर्शन गर्दै जितको आधार खडा गरेको थियो । इस्लिङटन पहिलोमा ११–१६ र दोश्रोमा ६–११ ले पछि परेको थियो भने तेश्रोमा १३–१२ को झीनो अन्तरले अगाडि थियो ।

 

Comment