जोरखाने टोली इरान प्रस्थान

jorekhane1

पाँचौं एसियाली जोरखाने स्पोर्ट्स च्याम्पियनसिपमा सहभागीहुन ६ खेलाडी सहित७ सदस्यीय नेपाली टोली मंगलबार इरानको तब्रिज प्रस्थान गरेको छ । अक्टोबर ७ देखि १० तारिखसम्महुने च्याम्पियनसिपमा अनुज सिंह श्रेष्ठ, सूर्यबहादुर बुढाथोकी, अनन्त अर्याल, कमल श्रेष्ठ, अरुण सापकोटा तथा राजन सिलवालले प्रतिस्पर्धा गर्नेछन् । नेपालले टिम इभेन्ट, कुस्ती, साङ÷मिलबजी, चाखे तेज र कबड्डीमा भाग लिने बताइएको छ । टिम प्रशिक्षकमा रविन घिमिरे रहेका छन् ।

Comment