राखेपमा ६ सदस्य मनोनित

nsc1
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को रिक्त रहेको ६ सदस्य पदमा मनोनित गरेको छ । काठमाडौंका शैलेश कर्माचार्य, सिरहाका उपेन्द्रकुमार यादव, बाँकेकी शान्तिसिंह क्षेत्री, पर्वतकी यामकुमारी गुरुङ (अस्मिता), ललितपुरका वीरेन्द्र श्रेष्ठ र काठमाडौंका उपेन्द्रकुमार पौडेल सदस्यमा मनोनित भएका हुन् ।
उनीहरुलाई मन्त्री परिषद्को ३ असोजको निर्णयानुसार खेलकुदविकास ऐन, २०४८ को दफा ३ को उपदफा (२)को खण्ड (ख) बमोजिम खेलकुद मन्त्रालयले सदस्य पदमा मनोनय गरेको हो । यससंगै मन्त्री परिषद्बाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) आउने सदस्य संख्याले पूर्णता पाएको छ । मन्त्री परिषद्बाट ११ जना राखेप सदस्यमा आउने प्रावधान छ । विरेन्द्र खेलाडी जिवनमा राष्ट्रिय स्तरमा परिचित खेलाडी थिए भने हाल नेपालको सबैभन्दा प्रभावकारी शक्ति नेपाल आर्मी क्लबका ब्याडमिन्टन प्रशिक्षक हुन् । उनी नेपाल खेलकुद महासंघका सचिव हुन् । यसैगरी, शान्तिसिंह कबड्डीकी पूर्व मुख्य प्रशिक्षक हुन् भने याम कुमारी करातेमा संलग्न छिन् ।
मनोनित सदस्यहरुलाई खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

Comment