प्राइम र मोर्गनलाई बर्नहार्ट कप

bernheart final1

प्राइम कलेज र मोर्गन इन्टरनेसनल कलेजले छैटौं काठमाडौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । प्राइमब्वाइज र मोर्गन गल्र्समा च्याम्पियन बने । बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा प्राइमले एलआरआईलाई ४४–३४ ले पराजित ग¥यो । प्राइमको जितमा प्रयुश श्रेष्ठले १३ अंक योगदान गरे ।
पहिलो क्वाटरमा प्राइमले १२–१० को अग्रता बनायो । दोश्रोमा एलआरआईले १२–१० को अग्रता हासिल गर्दै खेललाई २२–२२ को बराबरी स्थितिमा पु¥यो । प्राइमले तेश्रोमा ९–६ र चौथोमा १३–६ को प्रदर्शन गर्दै उपाधि सुनिश्चित ग¥यो । गल्र्सको फाइनलमा मोर्गनले नासा इन्टरनेसनल कलेजलाई ३१–२७ ले हरायो । मोर्गनकी विष्णु मगरले १३ स्कोर गरिन् ।
पहिलो क्वाटरमा७–९ ले पछि परेको मोर्गन दोश्रोमा ११–७ अंक जोड्दै समग्रमा २ अंकले अगाडि रह्यो । तेश्रो क्वाटर ३–३ को बराबरीमा सकियो । मोर्गनले चौथामा १०–८ अंक जोड्यो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय प्रयुश र विष्णु आ–आफ्नो समूहमा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, बर्नहार्ट कलेजका अध्यक्ष भूपेश छत्कुली र सहायक प्रिन्सिपल पुरुषोत्तम विष्टले एक कार्यक्रम बीच पुरस्कृत गरे । २८ भदादेखि सुरु प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा ७ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Comment