दामोदर उपाध्यक्षमा मनोनित

काठमाडौं जिल्ला खेलकुद विकास समितिको उपाध्यक्षमा दामोदर भट्टराई (बद्री) बिहीबार मनोनित भएका छन् । त्यस्तै तुलसीराम गुरुङ सदस्यमा चयन भए । काठमाडौंबाहेक भक्तपुर, रसुवा, रुपन्देही र रुकुम जिल्ला खेलकुद विकास समितिमा पनि पदाधिकारी मनोनित गरिएको छ ।
भक्तपुरको सदस्यमा उमेश खड्का, जयन्द्र खड्का र अनिल श्रेष्ठ, रसुवाको उपाध्यक्षमा समेश घले तथा सदस्यमा भुनिया तामाङ र रितु ग्यामदन, रुपन्देहीको उपाध्यक्ष मुक्ति अधिकारी तथा सदस्यमा आकाश शाही र मोहनसिंह शाही तथा रुकुमको उपाध्यक्षमा जनक चन्द तथा सदस्यमा तेजविक्रम आरसी र योगमाया खड्का मनोनित भए ।
पाँचै जिल्लामा नेपाली काँग्रेससंग आबद्ध नेपाल लोकतान्त्रिक खेलकुद संघको सिफारिसमा राष्ट्रिय खेलकुद परिषद्ले पदाधिारी मनोनित गरेको हो ।

Comment