मोर्गन र नासा फाइनलमा

मोर्गन इन्टरनेसनलकलेज र नासा  इन्टरनेसनल कलेज छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बुधबार फाइनलमा प्रवेश गरेका छन् । मोर्गनले आयोजक काठमाडौं बर्नहार्ट कलेजलाई ४१–१५ ले पराजित ग¥यो । मोर्गनकी सोफिया मगरले १० अंक जोडिन् । अनिशा बस्नेतको ११ अंक सहयोगमा नासाले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई २५–२० ले हरायो ।
ब्वाइजतर्फ एलआर आईकलेज र प्राइमकलेज उपाधिकाला गिभिड्ने छन् ।
एलआरआईले मोर्गनमाथि ४७–४६ को कठिन जित दर्ता ग¥यो । एलआरआईको जितमा राज कुँवरले २१ अंक योगदान गरे । प्राइमले लिभरपुलको चुनौती ४०–३३ ले पन्छायो । प्राइमका निश्चल महर्जनले १२ स्कोर गरे । फाइनल शुक्रबार हुने आयोजकले जनाएको छ ।

Comment