स्क्वास टोली भारत जाने

squash1
भारतको जोधपुरमाहुने सातौं इन्डियन जुनियर खुला स्क्वास च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएकाछन् ।
सेप्टेम्बर २५ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा अरहान्त केशर सिंह र अमिर ब्लोनले प्रतिस्पर्धा गर्ने छन् । अरहान्तले ब्वाइज यु–१९ तथा अमिरले ब्वाइज यु–१५ उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
टिम व्यवस्थापकमा हीराबहादुर थापा छन् । बिहीबार जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिदाइ गरे ।

Comment