आईटीएफ तेक्वान्दो टोली भारत प्रस्थान

itf1    चौथो दक्षिणएसियाली (आईटीएफ) तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ३९ सदस्यीय नेपालीटोली बुधबार भारतको गोवा प्रस्थान गरेको छ ।     पुरुषतर्फ रोशन आचार्य, लीलाधर बस्नेत, दोर्णबहादुर मगर, हनोक सुब्बा, भीमबहादुर तामाङ, चाउची डंगोल, दानबहादुर माली, नाम्गेल तामाङ, चतुरलाल चौधरी, डिलन राई, राजेन्द्र धिमाल, सन्तोष श्रेष्ठ, पुकार केसी, मिथुनघर्ती मगर, विशालबुढा मगर, आकाश घर्ती मगर, राजन रसाइली तथा भूमिराज बुढा मगरले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
महिला तर्फ विभिन्न विधामा भाग लिने खेलाडीमा तुलसी थापा मगर, बसन्ती बुढा मगर, तुलसा राजथला, मुजिता खतिवडा तथा निर्मला गुरुङ रहेका छन् ।     टोली नेतामा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष अन्जुनाथ श्रेष्ठ, व्यवस्थापकमा विजयश्रेष्ठ, प्रशिक्षकमा बासुदेव भट्ट र उमेश राजथला, निर्णायकमा अन्जन धमला, विश्व श्रेष्ठ, अन्जु रावत र प्रवीणकुमार कार्की तथा अफिसियलमा मनोज खड्का, पुरण केसी, शोभाकर गड्तौला, रितिज पुरी, राजमान महर्जन, बाबुरामढुंगेल, विकल पौडेल तथा आशिष कार्की रहेकाछन् ।
टोलीलाई सफलताको शुभकामनादिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीचबिदाइ गरे । च्याम्पियनसिप २८ देखि ३० सेप्टेम्बरसम्म हुनेछ ।

Comment