लिभरपुल र प्राइम सेमिफाइनलमा

basketball 5 asoje
लिभरपुल इन्टरनेसनल कलेज र प्राइम कलेज छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा लिभरपुलले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५२–४९ ले पराजित ग¥यो । लिभरपुलको जितमा आशुतोष शर्माले १५ अंक योगदान गरे । दीपेश वज्राचार्यको १७ अंक सहयोगमा प्राइमले आईडियल मोडेल कलेजलाई ६८–४२ ले हरायो ।
ब्वाइजमै एलआरआईले टाइम्स इन्टरनेसनल कलेजलाई ५१–३५ तथा मोर्गनले एन्जल्स हार्टलाई ६२–३७ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एलआरआईका विवेक श्रेष्ठ र मोर्गनका डेन्जु गुरुङले आ–आफ्नो टिमका लागि समान १९–१९ अंक जोडे ।
सेमिफाइनलमा लिभरपुको भेट प्राइमसंग हुनेछ भने एलआरआईले मोर्गन विरुद्ध खेल्नेछ । गल्र्सको सेमिफाइनल आयोजक बर्नहार्ट र मोर्गन तथा गोल्डेनगेट र नासाबीच हुनेछ ।

Comment