बुढानीलकण्ठलाई उपाधि

baseball final
बुढानीलकण्ठले अन्तरविद्यालय बेसबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । बुढानीलकण्ठ स्कुलमा भएको फाइनलमा बुढानीलकण्ठले ब्रिटिस गोर्खा स्कुललाई ८–५ रनले पराजित ग¥यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।
नेपाल बेसबल तथा सफ्टबल संघद्वारा आयोजित दुईदिने नकआउट प्रतियोगितामा ८ टिमले सहभागिता जनाएको संघले जनाएको छ ।

Comment