शारीरिक सुगठन यसै महिना

सातौं राष्ट्रिय खेलकुद– २०७२ अन्तर्गत शारीरिक सुगठन २२ र २३ असोजमा विराटनगरको वीरेन्द्र सभागृहमा हुने भएको छ । सातौं राष्ट्रिय अन्तर्गतनै एथलेटिक्सतर्फ म्याराथन २८ असोजमा   विराटनगरमै हुने सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयले जनाएको छ । म्याराथन विराटनगरबाट सुरु भइ इटहरी हुँदै पुनः विराटनगरमै आएर टुंगिने छ ।
सातौं राष्ट्रिय खेलकुद ११ देखि १८ मंसिरसम्म हुने भएपनि प्राविधक कारणले शारीरिक सुगठन र म्याराथन अगाडि हुन लागेको हो ।त्यस्तै पूर्वाञ्चल क्षेत्रीय पौडी प्रतियोगिता १६ र १७ असोजमा  इटहरीमा हुने भएको छ ।

Comment