रग्वी संघको कार्यक्रम

bile rally1
नेपाल रग्वी सङ्घले रग्वी विश्वकप उत्सवका लागि पुर्व निर्धारित एक महिना कार्यक्रम अनुसार शनिबार बाइक ¥यालिको आयोजना गरेको छ । उक्त ¥यालीको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप) का कोषाध्यक्ष एवम् ओलम्पीयन शुरेन्द्र हमालले गरे । नासा बुलेट क्लबको सहयोगमा ३ सय बाइकर्स,खेलाडी,प्रशिक्षक र पदाधिकारीले सहभागीता जनाएका थिए ।त्रिपुरेश्वरबाट शुरु भएको ¥याली न्यूरोड,जमल,केशर महल ,जय नेपाल हल,पुतली सडक,थापाथली हुदै रङ्गशालामा आएर टुङ्गीएको सङघका महासचिव चेतनराज गीरीले बताए ।
गीरीले आगामी अक्टोबर ३ मा ब्रीटिस एम्बेसी र सङ्घवीच मैत्रिपुर्ण खेल हुने बताए ।

Comment