सीसीआरसी प्रिक्वाटरफाइनलमा

क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा सीसीआरसीले सानलाई ५२–४७ ले पराजित ग¥यो । विजेताका मनीष केसीले १८ अंक जोडे ।
ब्वाइजकै अन्य खेलमा जित हात पार्दै एन्जल्स हर्ट, एलआरआई र आईडियल मोडेल कलेज पनि प्रिक्वाटरफाइनलमा पुगे ।
एन्जल्स हर्टले काठमाडौं मोडेल कलेज (केएमसी) लाई७१–३६ ले हरायो । विजयी टिमका लागि निकेशले २५ अंक जोडे । राज कुँवरको २१ अंक सहयोगमा एलआरआईले किस्कमाथि ४७–४३ को जित रच्यो । एडभान्स विरुद्धको खेलमा आईडियल ४६–१५ ले सहजै विजयी भयो । आईडियलका विराज बलायरले ९ स्कोर गरे ।
गल्र्सको लिग खेलमा जेभियरले आयोजक बर्नहार्टलाई ४७–१७ को फराकिलो अन्तरले पन्छायो । जेभियरकी सोनी मगरले १८ अंक बटुलिन् ।

Comment