मध्यमाञ्चल क्षेत्रीय गोष्ठि आयोजना

gosthi1
पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ को पूर्व सन्ध्यामा हुने मध्यमाञ्चल क्षेत्रीय छनोट प्रतियोगिताका विषयमा छलफल गर्न मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले शनिबार क्षेत्रीय गोष्ठी आयोजना ग¥यो ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको एकदिने गोष्ठीमा समिति मातहतका विभिन्न जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुको सहभागिता थियो ।
सो अवसरमा भूकम्पपछि जिल्लाको खेलकुदका भौतिक पूर्वाधारको अवस्था, क्षेत्रीय प्रतियोगितालाई सफलतापूर्वक र व्यवस्थित रुपमा सम्पन्न गर्नेलगायतका विषयमा छलफल भएको आयोजक समितिका सदस्य उमेश केसीले जनाएका छन् ।
क्षेत्रीय छनोट प्रतियोगिताको स्थानका विषयमा छलफल गर्न आइतबार समितिको बैठक बस्ने केसीले जानकारी गराए । गोष्ठीको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

Comment