ओडिसी र एचएचसीएलाई उपाधि

durga gr win1
ओडिसी र एचएचसीएले दशौ क्वीक्स चिजबल बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । सिनियर ब्वाईजको खेलमा ओडिसीले उपाधि माथी ह्याट्रिक गरेको छ । शनिवार भएको फाईनल खेलमा ओडिसीले गोल्डेनपीकलाई ३८–२४ ले हराउदा साईल गुरुङले १४ स्कोरको योगदान दिएका थिए । त्यस्तै लगातार दोश्रो पटक उपाधि जित्ने क्रममा एचएचसीएले आयोजक ग्रिनल्याण्डलाई ५८–३२ ले हराउदा राजकुमार राईले सर्वोधिक २७ स्कोर गरेका थिए । धापासी स्थित आयोजकको कोर्टमा तेश्रो स्थानका लागि भएको खेलमा जुनियरमा एन्जलहार्ट तथा सिनियरमा स्काईलार्कले  सफता हात पारे । एन्जलहार्टले इनोभेटिभलाई ३५–२५ ले हराउदा शैलेस कर्णेलले सर्वाधिक ११ स्कोर गरेका थिए । नमा सुनुवारको १७ स्कोरको मद्दतमा स्काइलार्कले भ्यालीपब्लिकलाई ५३–३८ ले हराएको थियो । प्रतियोगितामा जुनियर ब्वाईजतर्फ ओडिसीका आर्दश श्रेष्ठ अत्कृष्ट खेलाडी चुनिए भने सिनियरतर्फ एचएचसीएका राजकुमार राईले उत्कृष्ट खेलाडीको उपाधि चुमे । त्यस्तै गरि जुनियरतर्फ गोल्डेनपीकका पेम्वा छिरिङ शेर्पा तथा सिनियरमा आयोजक ग्रिनल्याण्डका रुपेश खड्का हाईस्कोर घोषित भए । जुनियरतर्फ एन्जलहार्टका शैलेस कर्णेल र सिनियरतर्फ आयोजक ग्रिनल्याण्डका अनिस श्रेष्ठ बेष्ट थ्री पईन्टर चुनिए । बिजेतालाई केन्द्रिय प्याप्सनका उपाध्यक्ष बिजय सम्वाहाम्फे,नेपाल बास्केटबल संघका उपाध्यक्ष नरेन्द्र थापा,आयोजक स्कुलका प्रिन्सिपल थकिनकुमार गुरुङलगायतले पुरस्कृत गरेका थिए ।

Comment