आयोजक ग्रिनल्याण्ड र गोल्डेनपीक उपाधि नजिक

ddb1
आयोजक ग्रिनल्याण्ड र गोल्डेनपीक स्कुल दशौ क्वीक्स चिजबल बास्केटबल प्रतियोगिताको शुक्रवार उपाधि नजिक पुगेका छन् । सिनियर ब्वाईजको सेमिफाईनल खेलमा आयोजक ग्रिनल्याण्डले स्काईलार्कलाई ५४–४० ले हराउदै उपाधि नजिक पुगेको हो ।  आयोजकको जितमा रुपेश खड्काले सर्वाधिक २२ स्कोर गरे । त्यस्तै जुनियर ब्वाईजको खेलमा बिनोद शेरचनको ७ स्कोरको मद्दतमा गोल्डेनपीकले एन्जलहार्टलाई २१–१९ हराउदै फाईनल पुग्यो । धापासी स्थित आयोजकको कोर्टमा भएको सिनियर ब्वाईजको दोश्रो सेमिफाईनलमा एचएचसीएले भ्यालीपब्लिकलाई ५५–३९ ले हराउदा बिकाश राईले सर्वाधिक २० स्कोर गरे । जुनियर ब्वाईजको दोश्रो सेमिफाईनलमा ओडिसीले इनोभेटिभलाई २५–१० ले हरायो । ओडिसीको जितमा बिशाल राईले १२ स्कोर गरेका थिए ।

Comment