ब्याडमिन्टन जारी

ललितपुर जिल्ला व्याडमिन्टन संघको आयोजनामा जारी ललितपुर जिल्लाव्यापी व्याडमिन्टन प्रतियोगिताको दोस्रो दिन एचवाइसिका रमेश शाक्य र सविन्द्र शाक्यले निमा मुना पुच्वाः का राकेश महर्जन र सुनिल महर्जनलाई  २१–१०, २१–१८ को सोझो सेटमा पराजित गरे ।
त्यसैगरी लगनखेल क्लवका पूर्णबहादुर चित्रकार र प्रेमकुमार महर्जनले जेवाइसिका राजु महर्जन र प्रमोद विष्टलाई २१–१४ र २१–८ ले निरास पारे ।
यसै क्रममा  थर्ड आईका राजेन्द्र महर्जन र सुरेन्द्र महर्जनले आर. टि. बी. सी. का सुरेन्द्र देव श्रेष्ठ र सानुकुमार महर्जनलाई २२–२० र २१–११ ले हराउन भएभने माहाबौद्ध क्वबका ज्ञानसागर शाक्य र उज्जवल शाक्यले वि.वि.एम. क्लवका लक्ष्मा शर्मा र अभिन कार्की माथि जीत हात पारे ।
प्रतियोगितामा ललितपुरका ३५ वटा क्लबका १२६ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

Comment