लिभरपुल र टाइम्स क्वाटरफाइनलमा

लिभरपुल इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेज छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
लिभरपुलले ओमेगालाई ६०–४९ ले पराजित ग¥यो । लिभरपुलका आशुतोष शर्माले१६ अंक जोडे । पासाङ शेर्पाको १५ अंक सहयोगमा टाइम्सले रोजबर्डलाई ७१–३७ ले हरायो ।
ब्वाइजकै अन्य खेलमा मोर्गनले एडभान्सलाई ५५–११, जेभियर इन्टरनेसनलले ज्ञाननिकेतनलाई ६८–२७ तथा प्राइमले एन्जल्स हर्टलाई ५१–४२ ले पन्छ्याउदै प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे । मोर्गनका पवन गुरुङले १५, जेभियरका अजंग राईले २४ तथा प्राइमका निश्चल महर्जनले १७ अंक जोडे ।
गल्र्सतर्फ मोर्गनले जेभियरलाई ३४–२३ ले पराजित गर्दै सेमिफाइनलनजिक पुगेको छ । विजेताकी विष्णु मगरले १३ अंक जोडिन् ।

Comment