सातौंको लोगो र मस्कट सार्वजनिक

Mascot for seventh national game1logo1

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ मा प्रयोग हुने लोगो र मस्कट शुक्रबार सार्वजनिक ग¥यो । सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख कमल खनाल संयोजक तथा प्रोफेसर राधेश्याम मुल्मी र रमेश खनाल सदस्य रहेको तीन सदस्यीय छनोट समितिले छनोट गरेको लोगो र मस्कट सार्वजनिक गरिएको हो । छनोट भएको लोगो खिमराज श्रेष्ठ तथा मस्कट सन्तोष विष्टले तयार गरेका हुन् । पारिश्रमिक स्वरुप श्रेष्ठलाई ४५ हजार र विष्टलाई ३५ हजार नगद पुरस्कार प्रदान गरियो ।
राखेप अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको सेमी कभर्डहलमा आयोजित एक कार्यक्रमबीच लोगो र मस्कट सार्वजनिक गरे ।
लोगोमा राष्ट्र र राष्ट्रियता झल्किने गरी चन्द्र सूर्य अंकित झण्डाको रातो पृष्ठभूमिलाई अर्ध गोलाकार रुपमा नीलो रंगले घेरिएको, पूर्वाञ्चलको झलक दिने गरी सगरमाथाको चुचुरो राखिएको, खेल भावनालाई समेट्न शान्तिको प्रतीक परेवा अंकित मसाल बोकेको एकता र सद्भावको सन्देश दिने ७ खेलाडीहरु दौडिरहेको र सात रंगको संयोजन गरिएको तथा खेलको संस्करण र क्षेत्रको परिचय दिने गरी सातौं राष्ट्रिय खेलकुद– २०७२ लेखिएको छ ।
त्यस्तै नेपालको पूर्वी दक्षिण भेग, कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा पाइने अर्नालाई मस्कटको रुप दिइएको छ ।     विभिन्न ३५ समावेश सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ११ देखि १८ गतेसम्म हुँदैछ ।

Comment