भ्यालीपब्लिक र ग्रिनल्याण्ड सेमिफाइनलमा

gr b
भ्यालीपब्लिक र आयोजक ग्रिनल्याण्ड दशौ क्वीक्स चिजबल बास्केटबलमा अन्तिम चारमा प्रवेश गरेका छन् । बिहिवार भएको क्वाटरफाईनलको खेलमा भ्यालीले गोल्डेनपीकले ४८–३९ ले हराउदा बिक्रम बानिया र मिलन विकले समान १५ स्कोरको योगदान दिए । अनिस श्रेष्ठ र रुपेश खड्काको सवाधिक १६ बराबरको स्कोरको मद्दतमा ग्रिनल्याण्ड एले टिआईएलाई ५९–३४ ले हरायो । त्यस्तै स्काइलार्कले आयोजक बीलाई ६०–४२ ले पराजित गर्दा महेन्द्र केसीले २० स्कोर गरे ।अर्को खेलमा एचएचसीएले एआइएलाई ६७–३७ हराउदा राजकुमार राइले २० स्कोर गरे ।
सेमिफाइनलमा भ्यालीले एचएचसीए तथा ग्रीनल्याण्ड ए ले स्काईलार्कको समाना गर्नेछ । धापासीस्थीत आयोजक ग्रीनल्याण्डको कोटमा भएको जु्नियरकमो क्वाटरफाइएनलको खेलमा एन्जल हर्टले सेभलाई ३०–१८ हराउदा मदन भण्डारीले ८ स्कोर गरे । गोल्डेनपीकले एन्जलहर्डलाई ४१–२१ ले हराउदा हिम्मत राउतले ८ स्कोर गरे । त्यस्तै ओडीसीले भद्रकालीलाई ३८–२७ ले तथा इनोभेटिभले भ्यालीलाई १८–१३ ले हराए । सेमिफाइनलमा एन्जल हर्ट र गोल्डेनपीक तथा ओडिसीले इनोभेटिभसगँ खेल्नेछ ।

Comment