लपु जिल्लाव्यापी ब्याडमिन्टन शुरु

ललितपुर जिल्लाव्यापी डबल्स ब्याडमिन्टन प्रतियोगिता बिहीबारदेखि सातदोवाटो स्थित अन्तराष्ट्रिय खेलकुद परिषरमा शुरु भयो ।     ललितपुर जिल्ला व्याडमिन्टन संघको आयोजनामा बिहिबार भएको खेलमा प्रयागपोखरी क्लवले राजतिर्थ क्लवलाई २१–११, १५–२१ र २१–७ ले पराजित गरेको छ ।
त्यसैगरी लक्ष्मण श्रेष्ठ र रमेश महर्जनको जोडी अग्नीशाल क्वलले सुमन सुनावार र श्याम धम्बुको ताल्सीखेल जागृति क्वललाई २१–१३, १५–२१ र २१–७ ले हाराउन सफल भए भने , ईश्वर महर्जन र लक्ष्मण महर्जनको जोडी अग्नीशाल क्वलले कृष्ण थापा र अनिल थापाको जोडी गणेश युवा क्वललाई २१–७ र २१–१९ को सोझो सेटमा पन्छाएका छन् । त्यस्तै राम राई र सुजन खड्का को जोडी थेचो युवा क्वलले राजतिर्थ क्लवलाई २१–१० र २१–१९ ले पराजित गरे ।
यस अघि ललितपुर जिल्ला व्याडमिन्टन संघका अध्यक्ष धुव्र महर्जनको सभापतित्वमा भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्टले गर्नुभयो ।प्रतियोगितामा ललितपुरका ३५ वटा क्लबका १२६ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

Comment