विश्व सफ्ट टेनिसका लागि खेलाडी छनोट

Manoj Shiama
17 September, 2015 8:04 pm

भारतको नयाँ दिल्लीमा हुने १५ औं विश्व सफ्ट टेनिस च्याम्पियनसिपका लागि नेपाल सफ्ट टेनिस संघले समान ६–६ पुरुष र महिला गरी १२ खेलाडी छनोट गरेको छ ।
पुरुषमा त्रिभूवन आर्मी क्लबका राजु पुटुवार, आर्मीका मनोज सुब्बा, नेपाल प्रहरी क्लबका कमलबहादुर भण्डारी, आर्मीका कृष्णबहादुर रावत, आर्मीका प्रदीप खत्री तथा प्रहरीका अशोक सिंह छनोट भएको सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाहले जनाएका छन् ।
महिलामा आर्मीकी निरु कायश्थ, एपीएफ क्लबकी चन्द्रमाया राई, आर्मीकी एलिजा रन्जित, काठमाडौंकी कृपा शर्मा, मोरङकी जर्जिया चौधरी तथा काठमाडौंकी आयुष्मा रन्जित छानिए । च्याम्पियनसिप नोभेम्बर १६ देखि २२ तारिखसम्म सञ्चालन हुनेछ ।