गोल्डेनगेट सेमिफाइनलमा

ggic
गोल्डेनगेट इन्टरनेसनल कलेज छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ को लिग खेलमा गोल्डेनगेटले आयोजक काठमाडौं बर्नहार्ट कलेजलाई ३४–२८ ले पराजित ग¥यो । गोल्डेनगेटको जितमा यान्छेन ठकुरीले १६ अंक योगदान गरिन् । बर्नहार्ट पनि समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो ।
गल्र्सकै अर्को लिग खेलमा नासाले जेभियर इन्टरनेसनललाई ३०–२५ ले हरायो । नासाकी प्रियंका अवाले र अनिता बस्नेतले समान ९÷९ अंक जोडे ।
ब्वाइजमा गोल्डेनगेट प्रिक्वाटरफाइनलमा पुग्यो । गोल्डेनगेटले मेगा कलेजलाई ७४–२४ ले पन्छायो । विजेताका कुन्छेन थिङले २० अंक जोडे । त्यस्तै जेभियरले आयोजक बर्नहार्टलाई ४७–२८ तथा प्राइमले न्यु समितलाई ४५–२५ ले निराश पारे । जेभियरका अजय कुश्वाहाले १२ तथा प्राइमका शशि पराजुलीले ९ अंक जोडे ।

Comment