खेलकर्मीको बद्रीलाई स्वागत

adhikari sawagar
मध्यमाञ्चल क्षेत्रबाट राष्ट्रिय खेलकुद परिषद् बोर्ड सदस्यमा नियुक्त भएका देव कुमार अधीकारी ( बद्री) लाई विभिन्न खेलका प्रशिक्षक तथा खेलाडीले स्वागत गरेका छन् । स्वागत कार्यक्रममा परिषद्का सदस्य सचिव केशब विष्ट र सदस्य गंगा बहादुर थापा पनि उपश्थित थिए । स्वागत कार्यक्रममा ह्यान्डबलकी राष्ट्रिय टोलीकी प्रशिक्षक बिन्दा थापा, तेक्वान्दो प्रशिक्षक मिन न्यौपाने, हिरा थापा, गणेश जिम्बा लामा, खोटांग जिल्ला तेक्वान्दो संघका अध्यक्ष अर्जुन भक्त राइ र ह्यान्डबल राष्ट्रिय टोलीकी कप्तान रञ्जना राइ थिए । यसैगरी, राष्ट्रिय तेक्वान्दो संघ सिन्धुपालचोक जिल्ला समितीका अध्यक्ष रमेस गुरुङ्ग र खोटांग जिल्ला अध्यक्ष अनील राइ लगायतको उपश्थिती थियो ।
नेपाल खेलकुद महासंघका सचिव समेत रहेका बद्री बि.स २०३९ मा अनेरास्वबीयुको इलाका कमिटी सदस्य हुदै बामपन्थी राजनितीमा सक्रिय थिए । विभिन्न तह र तप्कामा रहदै उनी २०६५ मा युथ फोर्सको जिल्ला संयोजक भएका थिए । उनी खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय फुल कन्ट्याक्ट कराते संघका पनि अध्यक्ष हुन् । उनी २०४० सालमा भएको चर्चीत पिस्कर आन्दोलनमा समेत सहभागि थिए ।

 

Comment