बेसबल र सफ्टबलको प्रशिक्षण सुरु

नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा बेसबल÷सफ्टबलको प्रशिक्षणबुधबारदेखि बुढानीलकण्ठ स्कुलमा सुरु भएको छ । प्रशिक्षणमा विभिन्न ७ विद्यालय र ३ क्लबका गरी जम्मा १ सय ८० प्रशिक्षार्थीको सहभागिता रहेको आयोजकका सचिव दीपक न्यौपानेले जनाएका छन् । सहभागीलाई विभिन्न ४ समूहमा विभाजन गरी ४ चरणमा प्रशिक्षण दिइने छ ।
अमेरिकाको टेनेसी नेसभिलबाट क्लर्क लाम्बर्डको नेतृत्वमा आएको ७ सदस्यीय टोलीले सहभागीलाई प्रशिक्षण दिने छन् । बुधबारै नेसभिल र एपीएफक्लब बीच मैत्रीपूर्ण खेल पनि भएको थियो । त्यसमा नेसभिल ५–३ ले विजयी भयो ।
प्रशिक्षणको राष्ट्रिय खेलकुद परिषद्का सदस्य देवकुमार अधिकारी (बद्री) ले गरे । प्रशिक्षण २ असोजसम्म चल्ने छ । प्रशिक्षण समापन पछि ३ र ४ असोजमा विद्यालयस्तरीय बेसबल प्रतियोगिताहुने सचिव न्यौपानेले जानकारी गराए ।

Comment