सीसीआरसी र लिभरपुल सफल

morgan

क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र लिभरपुल इन्टरनेसनल कलेजले छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइज तर्फ बुधबार जित हात पारेको छ ।
सीसीआरसीले प्रिमियर कलेजलाई ४८–३५ ले पराजित ग¥यो । सीसीआरसीका विकास बुढाथोकीले १२ अंक जोडे । लिभरपुलले रोजबर्डलाई ५७–२१ ले हरायो । विजेताका सुमंगले १४ अंक जोडे ।
ब्वाइजमै एलआरआई, आइडियल मोडेल र गोल्डेनगेट इन्टरनेसनल कलेजले पनि सफलता पाए ।
एलआरआईले आयोजक काठमाडौं बर्नहार्टमाथि ७५–१७ को सहज जित दर्ता ग¥यो । एलआरआईका विवेकले २१ अंक जोडे ।आइडियलले मार्गन इन्टरनेसनल कलेजलाई ४९–४६ ले पन्छायो । आइडियलको जितमा अनुजले १८ अंक योगदान गरे । गोल्डेनगेटले नासा इन्टरनेसनल कलेजलाई ५६–४८ ले निराश पा¥यो । विजयी टिमकालागि सिद्धार्थ शाक्य र कुन्छेनले समान १४–१४ अंक स्कोर गरे ।
गल्र्समा मोर्गनले नासालाई ३६–२७ तथा गोल्डेनगेटले रोजबर्डलाई ४५–२७ ले पाखा लगाए । मोर्गनकी सोनियाले १० र गोल्डेनगेटकी यान्जीले १२ अंक बटुले ।

Comment