नासा र लिभरपुलको जित

nasa
नासा र लिभरपुल इन्टरनेसनल कलेजले छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ मंगलबार जित हात पारेका छन् । नासाले मेगा कलेजलाई ४९–२४ ले पराजित ग¥यो । नासाका मनोजले २१ अंक जोडे । आशुतोष बस्नेतको १७ अंक सहयोगमा लिभरपुलले एसलाई ५४–३४ ले हरायो ।
ब्वाइजकै अन्य खेलमा न्यु समितले काठमाडौं मोडेल कलेज (केएमसी) लाई ३५–१९, टाइम्सले ओमेगालाई ४९–३० तथा किस्कले आयोजक बर्नहार्टलाई ५४–३१ ले निराश पारे । न्यु समितिका जानु पाख्रिनले १८, टाइम्सका पासाङले १९ र किस्कका सौरवले ३४ स्कोर गरे ।
गल्र्सतर्फ नासाले बर्नहार्टलाई ३३–४ ले सजिलै पन्छायो । नासाको जितमा अनिता बस्नेतले १५ अंक योगदान गरिन् ।

Comment