अधिकारी सदस्यमा मनोनित

sadayasa adhikari
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा देवकुमार अधिकारी (बद्री) मनोनित भएका छन् ।
राखेपको खेलकुद विकास ऐन २०४८ को दफा ३ को उपदफा २ को खण्ड (ग) बमोजिम चार वर्षका लागि अधिकारीलाई सदस्यमा मनोनित गरिएको हो । मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको सिफारिसमा अधिकारी सदस्यमा मनोनित भएका हुन् । विभिन्न पाँच विकास क्षेत्रबाट एक–एक जना राखेपको सदस्यमा मनोनित हुने प्रावधान छ ।
राखेप सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा अधिकारीलाई मंगलबार पत्र हस्तान्तरण गर्दै बधाइ दिए ।

Comment