सातौं तयारी बारे छलफल

sadaya sachib1पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ मा समावेश विभिन्न ३५ खेलका राष्ट्रिय संघका पदाधिकारीहरु संग राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार छलफल गरेको छ ।        सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको उक्त कार्यक्रममा विभिन्न खेल स्थान र सम्बन्धित खेलको मिति, खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक, संघ प्रतिनिधि कोटा, खेल सञ्चालन, खेल सामाग्रीको व्यवस्थापन लगायत विषयमा छलफल भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राखेप सदस्य–सचिव केशवकुमार विष्टले प्राविधिक कारणले बाहेक मिल्नेसम्म सबै खेल पूर्वाञ्चलमा हुने बताउदै आन्दोलनका कारण समस्या भएका जिल्लामा सम्बन्धित पक्षसंग खेल सञ्चालन गर्न अनुकुल वातावरण बनाइ दिन आग्रह गर्ने बताए ।
सदस्य–सचिव विष्टले निकटता, आफू पदाधिकारी रहेको खेल संघ, भनसुन, राजनैतिक आश्था, तर्साउने÷धम्क्याउने आधारमा नभइ जिल्लाको वर्गकिरणका आधारमा बजेट विनियोजन गर्ने स्पष्ट पार्दै खास गरी आर्थिक पक्षमा सम्बन्धित सबै इमान्दार र पारदर्शी हुनु पर्नेमा जोड दिए ।

 

Comment