ग्रीनल्याण्डका दुवै टिम क्वाटर फाईनलमा

freen land
आयोजक ग्रीनल्याण्डको दुवै टिम दशौ क्विइक्स चिजबल ग्रीनल्याण्ड बास्केटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छन् ।  मंगलबार भएको सिनियर ब्वाइजतर्फको खेलमा ग्रीनल्याण्डको ए टिमले अभियान पब्लीकलाई ५८–२२ ले हराउदा रुपेश खड्का र विक्रम गुरुङले समान १५ स्कोर गरे । सिनियरकै खेलमा आयोजकको बी टिमले लोयल्टीलाई ५०–२७ ले स्तब्ध पार्दा अजित शाही र अनमोल आचार्यले समान १३ स्कोर गरे । त्यस्तै सिनियरको खेलमा भ्यापिब्लीक,गोल्डनपीक ,एआइए, स्काईलार्क,एचएचसीए र टिआइएपनि आफ्नो खेलमा सफलता हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
भ्यालि पब्लीकले ग्लेनवर्डलाइृ ३३–२२ ले हराउदा नविल परियार र निश्चल मल्लले ११ स्कोर गरेका थिए । सञ्जोक राउतको १४ स्कोरको मद्धतमा गोल्डनपीकले केएमसिलाई ५५–३५ ले हरायो । एआइएले त्रियोगमाथी ५५–५३ को जित निकाल्दा किरण कडेँले १७ स्कोर गरे । सुनिल मगरको सर्बाधिक २० स्कोरको मद्धतमा स्काईलार्कले न्यु समिटलाई ६४–३६ ले  हरायो । एचएचसीएले त्रिज्योतिलाई ६७–३७ ले हराउदा विशाल राईले १६स्कोर गरे ।  टिआइएले पोलीसीटमाथी ३०–२९ को रोमाञ्चक जित निकाल्दा शलिम सेरचनले १२ स्कोर गरे ।

 

Comment