ब्याडमिन्टन टोली स्विडेन जाने

badminton news1
बीडब्लुएफ सिनियर ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन दुई सदस्यीय भेट्रान ब्याडमिन्टन खेलाडी बुधबार स्विडेनको हेलसेन्वर्ग जाँदै छ ।सेप्टेम्बर २० देखि २६ तारिखसम्म हुने च्याम्पियनसिपको ४० वर्षमाथि सुवास श्रेष्ठ र ५५ वर्षमाथि पुष्प श्रेष्ठले एकल र डबल्समा प्रतिस्पर्धा गर्नेछन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिदाइ गरे । नेपालले भेट्रान्सको अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले जनाएका छन्

Comment