भोजानन्द र डम्बर सर्वोत्कृष्ट कर्मचारी

award1
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई र कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्ट राखेपको वर्ष २०७१ का सर्वोत्कृष्ट कर्मचारीको पुरस्कारबाट सोमबार सम्मानित भएका छन् । राई प्रशासन तथा डम्बर प्राविधिकतर्फ सर्वोत्कृष्ट घोषित भएका हुन् ।
त्यस्तै नेपाल खेलकुद विज्ञान प्रतिष्ठानकी प्रशासकीय अधिकृत अनन्तादेवी खनाल (प्रशासन) तथा ललितपुर जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो सहायक प्रशिक्षक बद्री प्रसाद घिमिरे (प्राविधिक) उत्कृष्ट कर्मचारी चुनिए । गोर्खा जिल्ला खेलकुद विकास समितिका नासु हर्कबहादुर राई (प्रशासन) तथा लनटेनिस प्रशिक्षक रेणुदेवी कोण्डा (प्राविधिक) ले परिषद् सेवा पुरस्कार प्राप्त गरे ।
सर्वोत्कृष्टले २५ हजार, उत्कृष्टले १५ हजार र परिषद् सेवाबाट पुरस्कृतले १० हजारका दरले नगद पुरस्कार सहित सम्मानपत्र प्राप्त गरे ।
सोही अवसरमा खेलकुद पत्रकार नागरिक दैनिकका ध्रुव तुलाधर, द हिमालयन टाइम्सका महेश आचार्य र गोरखापत्रका प्रजीत शाक्यतथा राइजिङ नेपालका फोटो पत्रकार राजेन्द्र चित्रकारलाई पनि सम्मानपत्र र नगद पुरस्कार सहित सम्मान गरियो ।
त्यसैगरी राखेपमा २० वर्ष सेवा पूरा गरेका खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापा र नासु सूर्यबहादुर श्रेष्ठलाई सेवा पदक प्रदान गरियो ।
२५ वर्ष पूरा गरेका पौडीशाखाकी वरिष्ठ अधिकृत केशरी चित्रकार, तालिम तथा प्रशिक्षण विभागका वरिष्ठअधिकृत विद्यासागर पोखरेल, लनटेनिस प्रशिक्षक रेणुदेवी कोण्डा, आर्थिक प्रशासन शाखाका लेखा अधिकृत दशरथ सापकोटा, भौतिक पूर्वाधार तथा मर्मत शाखाका अधिकृत राजु श्रेष्ठ, संघ संस्था समन्वयशाखाका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने, प्रशासन विभागकी नासु जुलुम गिरी,, दर्ता फाँटका नासु गम्भीरमान तुलाधर, खेलकुद चिकित्सातथा अनुशन्धान केन्द्रकी नासु भवानी अधिकारी तथा कार्यालय सहयोगी बद्रीकुमार खत्री, ज्ञानभक्त महर्जन र रत्नबहादुर मगजु दीर्घ सेवापदकबाट सम्मानित भए ।

 

Comment