भ्यालि पब्लीक र टिआइए प्री–क्वाटर फाईनलमा

vp
भ्यालि पब्लीक स्कुल समुह विजेता बन्दै प्री–क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सिनियर ब्वाइजतर्फको खेलमा भ्यालिले टिआइएलाई ३८–२५ ले हराउदा बिनोद नेपालीले १० स्कोर गरे । पराजय पश्चात पनि टिआइए समहु उपविजेता भन्दै अन्तिम १६ मा पुगेको छ । सिनियरतर्फको अन्य खेलमा केएमसिले इडनव्रीजलाई ४१–२७ र प्रोलिफिकले ग्लेनवर्डलाई ४७–३६ ले पराजित ग¥यो ।
धापासीस्थीत आयोजक ग्रीनल्याण्डको कोर्टमा भएको जूनियरतर्फको खेलमा भद्रकालिले टीआइएलाई १७–११ ले हराउदा सुमित बुढाथोकीले ११ स्कोर गरे । केएमसीले पुस्पकुञ्जलाई १५–७ ले हराउदा निसान्त भुसालले सर्बाधिक ६ स्कोरको योगदान दिए । अर्को खेलमा सेबले एचएचसीएलाई १२–७ र इनोभेटिभले एन्जललर्डलाई १९–१५ ले हरायो ।

Comment