एनओसीका अध्यक्ष श्रेष्ठद्धारा रग्वी ¥यालिको उद्घाटन

rugby1
इंग्ल्याण्डमा हुने रग्वी वल्र्डकप–२०१५ को लागि पुर्वनिर्धारित एकमहिना कार्यक्रम अन्तर्गत रग्वी सङ्घले आइतबार रग्वी ¥यालिको आयोजना गरेको छ ।
उक्त कार्यक्रमको नेपाल ओलम्पीक कमिटीका नवनिर्वाचित अध्यक्ष जिवन राम श्रेष्ठ र नेपाल रग्वी सङ्घका अध्यक्ष टङ्क लाल घिसिङ लगायतले गरे ।  त्रिपुरेश्वरस्थीत दशरथ रङ्गशालाबाट शुरु भएको ¥याली रत्नपार्क शान्ती वाटिकासम्म गएर टुङ्गीएको थियो । ¥यालिमा रग्वीका सङ्घ पदाधिकारी,राष्ट्रिय खेलाडी,प्रशिक्षक,पत्रकार र विभिन्न क्लबका खेलाडी गरी ३ सय जनाको सहभागिता रहेको थियो ।  सङ्ले वल्र्डकप उद्घाटनको उत्सव,वल्र्डकप सेलिब्रेसनको मास ¥यालि,बाइक ¥यालि,ब्रीटिस कलेज र सङघविच मैत्रिपुर्ण खेल, वल्र्डकप लक्की ड्र र वल्र्डकपको प्रत्यक्ष प्रसारणका हेर्नका लागि विभिन्न केन्द्रको ब्यवस्था लगायतका कार्यक्रम घोषणा गरेको छ । नेपालमा रग्वी खेल विकाशका लागि कार्यक्रको योजना गरीएको सङ्घका महासचिव चेतनराज गीरीले बताए ।
रग्वी सङघका अध्यक्ष टङक लाल घिसिङले सङघले खेल विकाशका लागि अन्य क्षेत्रको सहयोग आवश्यक रहेको बताए । रग्वी खेल आगमी मसिंरमा हुने सातौ राष्ट्रिय खेलकुदमा प्रदर्शन खेलको रुपमा समेत राखिएकोले यस्तो कार्यक्रमको आवश्यक रहेको बताए ।

Comment