पदक विजेता आरति र विन्दालाई सम्मानित

sammanit kheladi
भारतको पुनेमा भएको वाको एसियन किक बक्सीङमा पदक विजेता आरति तामाङ र विन्दा नेपालीलाई आइतबार एक कार्यक्रमका विच सम्मान गरीएको छ । पदक विजेता खेलाडीलाई ओखलढुङ्गा–काठमाडौ एमाले सम्पर्क मञ्चले सम्मानपत्र र फुलमाला लगाई सम्मान गरेको छ । सुकेधारामा आयोजित कार्यक्रममा ओखलढुङ्गाका क्षेत्र नम्बर १ का सभासद यज्ञ राज सुनुवारले उनिहरुलाई थप सफलताको शुभकामना दिदै सम्मान गरे ।
वाको किक वक्सीङमा आरतीले एक–एक स्वर्ण र रजत तथा विन्दाले दुई रजत पदक जितेकी थिइन् ।  भएको खेलेमा आरतिले ५१ के.जी तौल समुहमा स्कोर फाइटिङ रजत र किक लाइटमा स्वर्ण जितेकी थिइन ।  बिन्दाले भने  ५० के.जी तौलमा स्कोर र किक लाइटमा एक–एक रजत हात पारेकी हुन् ।

Comment