रत्नजित विजयी

ratna jeet and saradevi

दक्षिण कोरियामा जारी जियङजु भिक्टर कोरिया ग्रान्डप्रिक्समा नेपाली ब्याडमिन्टन खेलाडी रत्न जित तामाङले बुधबार जित हात पारेका छन् ।
पुरुष सिंगल्समा नेपालका शिर्ष बरियताका खेलाडी  रत्नजितले पहिलो चरणमा दक्षिण कोरियाका आन से सङलाई २(–० ले पराजित गरेको नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले जानकारी गराए ।
पुरुष सिंगल्समै दोस्रो  वरीयताका विकास श्रेष्ठले भने पराजय व्यहोरे । विकास दक्षिणकोरियाकै लि साङ होसंग १८–२१ र १०–२१ ले पछि परे ।
मिक्स डबल्समा भाइ रत्न र दिदी सरादेवीको जोडी चाइनिज ताइपेईको जोडीसंग १८–२१ र १९–२१ ले पराजित भयो ।
बिहीबार रत्नले सिंगल्सका साथै विकाससंग मिलेर पुरुष डबल्समा प्रतिस्पर्धा गर्ने महासचिव श्रेष्ठले जनाएका छन् ।

Comment