न्यु समिटको बिजयी शुरुवात

quiks saturday1
न्यु समिट स्कुलले दशौ क्विइक्स चिजबल ग्रीनल्याण्ड बास्केटबल प्रतियोगितामा शुक्रवार बिजयी शुरुवात गरेको छ । सिनियर ब्वाईजको आफ्नो पहिलो खेलमा न्यु समिटले बालबिकासलाई २३–१६ ले रोक्यो । बिजयी टिमका लाक्पा शेर्पाले ९ स्कोर गरे । सिनियरतर्फ ग्लीनवर्डले फेरिल्याण्डलाई ३२–¬१४ र हिमालय हेल्थ चाइल्ड एकेडेमी (एचएचसीए)ले ज्ञान सिन्धुलाई ७४–३४ ले हराए । ग्लीनवर्ड र हिमालयको जितका लागि क्रमश जीयो किनोशित्ताले १२ स्कोर र प्रकाश सुबेदीले १६ स्कोर गरे । अन्य खेलमा अभियान पब्लीक,त्रिज्याती,स्काईलार्कले जित निकालेका छन् । कुशल केसीको  सर्बाधिक १२ स्कोरको सहयोगमा अभियानले इडिनव्रीजलाई २५–१८ ले पराजित ग¥यो । त्यस्तै त्रिज्यातीले काब्यलाई १३–४ ले हराउदा स्काईलार्कले एआईएलाई  ४४–२५ ले रोक्यो । जुनियरतर्फको खेलमा ओडिसिले एचएचसीए विरुद्ध ३२–१९ को जित निकाल्यो । ओडिसिको जितमा शाहिल तामाङले सर्बाधिक १५ स्कोर गरे ।

Comment