श्रीराम स्मृती छात्र भलिबल मंगलबारदेखि

arunima1
आरुणी सेकेण्डरी स्कुलको आयोजनामा दोस्रो श्रीराम स्मृती अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता आगामी भदौ २९ देखि हुने भएको छ । पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल हिक्मत दाहालले विद्यालयस्तरको खेलकुदलाई प्रोत्सहान गर्न र समग्र खेल विकासलाई सहयोग पु¥याउन प्रतियोगिताको आयोजना गरीएको बताए ।  प्रिन्सीपल दाहालले प्रतियोगिताको कुल लागत १ लाख ८३ हजार रहेको जानकारी गराए । असोज २ सम्म संचालन हुने प्रतियोगिताको  विजेताले ट्रफि,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई ट्रफि प्रदान गर्ने दाहालले जनाए । बालाजुको बसन्तनगरस्थीत आयोजक आरुणी स्कुलको कोर्टमा हुने प्रतियोगितामा २५ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक असोक काजि थापाले बताए । प्रतियोगिताका सहभागि टिमलाई चार समुहमा विभाजन गरी नकआउटको आधारमा सञ्चालन हुनेछ ।

 

Comment