लिभरपुर र गोल्डेनगेट फाइनलमा

ncell saturday1
लिभरपुल इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेजएनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।     पहिलो सेमिफाइनलमा लिभरपुलले मोर्गन इन्टरनेसनल कलेजलाई ४७–४० ले पराजित ग¥यो । पहिलो क्वाटरमा १५–८ को अग्रता हासिल गरेको लिभरपुल दोश्रोमा ५–१० ले पछि प¥यो । तेश्रो क्वाटर ९–९ को बराबरीमा टुंगियो । अन्तिम तथा चौथो क्वाटरमा लिभरपुलले १८–१३ अंक जोड्दै फाइनल यात्रा पक्का ग¥यो ।
अर्को सेमिफाइनलमा गोल्डेनगेटले प्राइमलाई ४७–३४ ले हरायो । गोल्डेनगेटको जितमा खुखेन लामाले १९ अंक योगदान गरे ।
तेश्रो क्वाटर सकिँदासम्म गोल्डेनगेट २६–२८ ले पछाडि थियो । चौथोमा गोल्डेनगेटले २१–६ को फराकिलो अग्रता बनाउदै जित सुनिश्चित ग¥यो ।
फाइनल शनिबार हुनेछ । विजेताले १ लाख, उपविजेताले ७५ हजार र तेश्रो हुनेले ५० हजार नगद पुरस्कार पाउने छन् ।

 

Comment