बर्नहार्ट बास्केटबल सोमबारदेखि

काठमाडौं बर्नहार्ट कलेजको आयोजनामा छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ २५ र गल्र्समा ७ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक किरण महर्जनले जनाएका छन् । ब्वाइज टिमलाई ८ तथा गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । ब्वाइजको समूह विजेता र उपविजेता प्रिक्वाटरफाइनल तथा गल्र्सको समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
संयोजक महर्जनका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख खर्च हुनेछ । ब्वाइजमा ट्रिनिटी र गल्र्समा साइपाल एकेडेमी साविक विजेता हुन् । दसदिने प्रतियोगिताका खेलहरु बल्खुस्थित आयोजककै कोर्टमा हुनेछ ।

Comment