एशियन भारोत्तोलनमा नेपालीहरुको राट्रिय किर्तिमान

tara pun1
मित्र राष्ट्र बैककको फुकेतमा जारी ४५ औं पुरुष तथा २६ औं महिला एशियन भारोत्तोलन च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले राष्ट्रिय किर्तिमान राख्ने क्रमलाई जारी राखेका छन् । शुक्रबार सम्पन्न प्रतियोगितामा ७५ केजी तौल माथिको खेलमा तारा देवी पुनले आफ्नो राष्ट्रिय किर्तिमानलाई तोड्ने क्रममा स्नाचमा ७१ र क्लिन एण्ड जर्कमा ९५ केजी तौल भार बहन गर्दै कुलमा १६६ केजीका साथ तिन राष्ट्रिय किर्तिमान कायम गरिन् । यस अघि चौथो ग्राँप्रिक्समा उनले स्नाचमा ६८ र क्लिन एण्ड जर्कमा ९४ सहित कुलमा १६२ केजीको किर्तिमान राखेकी थिईन् ।

त्यस्तै १०५ केजी तौलमा गगन वलीले स्नाचमा ११३ केजी तौल भार बहन गर्दै राष्ट्रिय किर्तिमान राखे । यो किर्तिमान मदन शिवभक्तिको नाममा रहेको थियो । उनले आठौं साफमा ११२ केजी तौलको राष्ट्रिय किर्तिमान राखेका थिए । गगनले क्लिनमा १३७ केजी भार बहन गरे । यसको किर्तिमान मदनको नाममा १५५ केजीको रहेको छ ।

किर्तिमान राख्नेक्रममा पुकार गुरुङ्गले १०५ केजी माथी स्नाचमा १२३ केजी भारका साथ किर्तिमान राखे । यस विधामा गोपाल बहादुर श्रेष्ठकोनामा १२२ केजी को रेकर्ड रहेको थियो । उनले यो रेकर्ड ईस्लामाबादमा भएको नवौं साफमा राखेका थिए । पुकारले क्लिन एण्ड जर्कमा १४२ केजी भार वहन गरे ।

Comment