रग्वी संघ र ब्रिटिस कलेजबीच सम्झौता

rugby

रग्वी खेलको विकास लागि नेपाल रग्वी संघ र द ब्रीटिस कलेजबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालमा हुने रग्वी विकासका हरेक कार्यमा एक वर्ष लागि सहकार्य गर्ने उद्धेश्यले संघ र कलेजबीच हस्ताक्षर भएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सकुन्तला नगरकोटिको प्रमुख आतिथ्यमा रग्वी सङघका अध्यक्ष टङ्क लालघिसिङ र कलेजका सिइयो राजन कडेँलले हस्ताक्षरित सम्झौता पत्र एक आपसमा हस्तान्तरण गरे ।
सम्झौता पत्रमा कलेजको तर्फबाट एक वर्षमा अन्तर कलेज रग्वी च्याम्पियनसिप गर्ने, सङघको खेल विकासको गतिविधीमा सहयोग गर्ने र विद्यार्थीलाई रग्वी खेलमा समावेश गर्ने रहेको रग्वीका प्रशिक्षक गोविन्द घिमिरेले बताए ।  सङघको तर्फबाट भने कुनैपनि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा कलेजको लोगो प्रयोग र सङघले संयुक्त रुपमा रुपमा राष्ट्रिय प्रतियोगिता गर्ने लगायत समावेश छन् ।
सो अवसर इंग्ल्याण्डमा हुने रग्वी वल्र्डकप–२०१५ नेपालमा मनाउनकालागि एक महिना उत्सव कार्यक्रमको उद्घाटन राखेपका सदस्य सकुन्तला नगरकोटी गरीन् । एक महिना कार्यक्रममा वल्र्डकप उद्घाटनको उत्सव,वल्र्डकप सेलिब्रेसनको मास ¥यालि,बाइक ¥यालि,ब्रीटिस कलेज र सङघविच मैत्रिपुर्ण खेल, वल्र्डकपलक्की ड्र र वल्र्डकपको प्रत्यक्ष प्रसारणका हेर्नका लागि विभिन्न केन्द्रको ब्यवस्था लगायत छन् ।
कार्यक्रममा राखेप सदस्य नगरकोटिले नेपालमा सङघले रग्वी खेल विकास लागि गरेको योगदानको प्रसशां गर्दै थप सफलताको शुभकामना दिइन् । रग्वी सङघका अध्यक्ष टङकलाल घिसिङले सङघले खेल विकाशकालागि राज्यको सहयोगको आवश्यक रहेको बताए । रग्वी खेल आगमी मसिंरमा हुने सातौ राष्ट्रिय खेलकुदमा प्रदर्शन खेलको रुपमा समेत राखिएको छ ।

Comment