आयोजक जेभियर र ह्वाईटहाउसलाई उपाधि

xavier final1
आयोजक जेभियर इन्टर नेश्नल कलेजले तेश्रो जेभियर कप यु १९ महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको यु १९ पुरुष बास्केटबलको उपाधि माथी ह्याट्रिक गरेको छ । जभियरले लगातार तेश्रो पटक शिल्ड घरमै राखेको हो । बुधवार भएको फाईनल खेलमा जेभियरले रिलायन्सलाई ६२–४७ ले हराउदा छेवाङ बिष्टले सर्वाधिक १९ स्कोर गरे ।
कालापुल स्थित आयोजकको कोर्टमा भएको यु १९ महिला बास्केटबलमा भने साईपाल ह्याट्रिक गर्नबाट चुक्यो । साईपालको बिजयी यात्रालाई ह्वाईटहाउस कलेजले ४८–३४ ले रोक्यो । प्रतियोगिताकी उत्कृष्ट खेलाडी चुनिएकी ह्वाईटहाउसकी डली तामाङले फाईनलमा सर्वाधिक १४ स्कोर गरिन् । यु १९ पुरुषतर्फ जेभियर कलेजका रबिन गौतम उत्कृष्ट खेलाडी चुनिए । बिजेतालाई राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पा,आयोजक कलेजका कार्यकारी प्रमुख लोकबहादुर भण्डारीलगायतले पुरस्कृत गरे ।

Comment