एभीएमलाई टिम स्वर्ण

ttloke    आदर्श विद्या मन्दिर (एभीएम) छैटौं कृष्णध्वज स्मृति अन्तरविद्यालय÷कलेज राष्ट्रव्यापी टेबलटेनिस प्रतियोगिताको स्कुलतर्फ ब्वाइज÷गल्र्स दुवैको टिम स्पर्धामा मंगलबार च्याम्पियन बनेको छ ।    लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न ब्वाइजको फाइनलमा प्रोक्सिमालाई ३–० ले पराजित गरेको एभीएमले गल्र्समा पनि ३–० कै नतिजामा प्रभात इङलिस उमाविलाई हरायो ।
स्कुलकै ब्वाइज यु–१२ सिंगल्समा एभीएमका सन्योग कपाली पहिलो भए । उनले फाइनलमा एभीएमकै सन्जिव गुरुङलाई ११–७, ८–११, ११–८ र ११–६ को सेटमा पराजित गरे ।
कलेजको महिला सिंगल्समा प्राइमकी एलिना महर्जन शीर्ष स्थानमा रहिन् । एलिनाले फाइनलमा मोर्गनकी सनिशा श्रेष्ठलाई ११–७, ११–४ र ११–३ को सोझो सेटमा पाखा लगाइन् ।
एलिनाले प्रदीप रोकासंग मिलेर मिक्स डबल्सको उपाधि पनि जितिन् । उक्त जोडीले उपाधि भिडन्तमा क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) का कृष्ण थापा मगर र सोनु थापा मगरको जोडीलाई ११–८, ११–९, ५–११, ७–११ र ११–४ को सेटमा निराश पारे ।
कलेजकै पुरुष डबल्समा काठमाडौं बर्नहार्टका विलोश श्रेष्ठ र अजेश महर्जनको जोडीले प्राइमका निहाल श्रेष्ठ र नारायण घिमिरेको जोडीलाई ११–६, २–११, १३–११ र ११–७ को सेटमा पाखा लगाउदै स्वर्ण चुमे ।

 

Comment