क्वाटरफाइनल समीकरण पूरा

greenland basketballe
एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण मंगलबार पूरा भएको छ । क्वाटरफाइनलमा लिभरपुलको भेट टाइम्ससंग हुनेछ भने मोर्गनले जेभियरको सामना गर्नेछ । दुवै खेल बुधबार हुनेछ । बाँकी क्वाटरफाइनल प्राइम र एलआरआई तथा गोल्डेनगेट र जेम्सबीच बिहीबार हुनेछ ।    लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा जेम्सले ह्वाइटहाउसलाई ४७–३० ले पराजित गर्दै सातौं टिमका रुपमा क्वाटरफाइनलमा प्रवेश पायो । जेम्सको जितमा विशेष खड्काले २० अंक जोडे ।
तेश्रो क्वाटर ६–६ को बराबरीमा टुंगियो भने बाँकीमा जेम्सले अग्रता लिने क्रममा पहिलोमा १६–८, दोश्रोमा १४–१० र चौथोमा ११–६ अंक जोड्यो ।
जेभियरले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ५६–३७ ले हराउदै क्वाटरफाइनल पुग्ने अन्तिम टोली बन्यो ।जेभियरका सेवाङ जि. विष्टले १९ स्कोर गरे ।
चारै क्वाटरमा अग्रता लिएको जेभियरले क्रमशः ११–९, १२–११, १४–६ र १९–११ को प्रदर्शन ग¥यो ।
अर्को महत्वहीन खेलमा आईडियल मोडेल कलेजले डिएभी कलेजलाई ५२–४३ ले पन्छायो । विजयी टिमका अनिश गुरुङले २० अंक जोडे ।

 

Comment