ग्रिनल्याण्ड र पोलिफिकको बिजयी शुरुवात

greenland basketballe
ग्रिनल्याण्ड र पोलिफिक स्कुलले दशौ क्विईक्स चिजबल ग्रिनल्याण्ड अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता मंगलवार बिजयी शुरुवात गरेका छन् । सिनियर ब्वाईजको खेलमा आयोजकको ए टिम र बी टिमले सफलता हात पारेका छन् । आयोजक एले गोल्डेनपीकलाई ५३–२९ ले हराउदा रुपेश खड्का र अभियस खड्काले समान १४ स्कोरको योगदान दिएका थिए । आमोल आचार्यको ११ स्कोरको सहयोगले आयोजक बीले त्रिज्योतीलाई ३७–१७ ले हरायो । जुनियरतर्फ भने आयोजक ग्रिनल्याण्डले सेब स्कुलबाट पराजय ब्यहोरेको छ । सेबले ग्रिनल्याण्डलाई १४–१२ ले रोक्दा रेन्जीङ गुरुङले ७ स्कोर गरेका थिए ।
सिनियरतर्फ पोलिफिकले फेरिल्याण्डलाई  ५२–२७ ले हराउदा सुजन बस्नेतले १४ स्कोर गरे । सिनियरमै भ्यालीपब्लिकले सेबलाई ५०–२५ ले हराउदा बिक्रम बानियाँ र निश्चल मल्लले समान १७ स्कोरको योगदान दिएका थिए
धापासी स्थित आयोजकको कोर्टमा भएको जुनियरतर्फको अन्य खेलमा गोल्डेनपीकले भ्यालीपब्लिकलाई १९–१४ ले हराउदा अभियान पब्लिकले नेपाल मेडललाई २१–१४ ले रोक्यो । अश्विन १ गते सम्म संचालन हुने प्रतियोगिताको उद्घाटन काठमाण्डौ प्याप्सनका अध्यक्ष एवं आयोजक स्कुलका प्रिन्सिपल थकिनकुमार गुरुङ,प्रतियोगिता संयोजक बिनोद घिमिर(बिजी सर) र संयुक्त रुपमा गरेका थिए । सो अवसरमा प्रतियोगिताका प्राबिधिक संयोजक पुर्ण न्यौपाने,गोल्डेनपी स्कुलका प्रिन्सिपल छत्र राईलगायतको उपस्थिति रहेको थियो ।

Comment